मेरो कबिता अनि तिमि – बिनय शाह
म लेख्ने छु कबिता तिम्रो रुपको
प्रयासमा छु गर्न बर्णन तिम्रो स्बरुपको
मेरा यी शब्दहरु रुमलिने छन् अनि छ – छल्किने छन्
तिम्रो हर – एक भावनाहरुमा
मेरो यो कबिता पोखिने छ
तिम्रो हर एक आबेगहरुमा
मेरो यो कबिता लेखिने छ तिम्रो खुशीहरुमा
मेरो यो कबिता नाच्ने छ तिम्रो हाँसोहरुमा
त्यसैले म भन्छु सँधै
शान्त अनि शितल भै देऊ तिमि
मेरो यो कबिता फूल्ने छ – फक्रिने छ
सुनगाभा फक्रे जस्तै
तिम्रो मायामा ……………… तिम्रो नयनमा ।
Filed under: Uncategorized

Hi Bro ….
Sweet poem from Great Man … luv u Bro .. such a nice flirting to Bhavi .. have a good time !